दफा ५
उद्योग दर्ताको प्रमाणपत्र दिनुपर्ने
(१) दफा ४ बमोजिम उद्योग दर्ताका लागि परेको निवेदन जाँचबुझ गर्दा आवश्यक विवरण तथा कागजात पूरा भएको र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिमको प्रक्रिया पूरा भएको देखिएमा निवेदन परेको पन्ध्र दिनभित्र उद्योग दर्ता गर्ने निकायले निवेदनमा माग भए बमोजिमको उद्योग दर्ता गरी तोकिए बमोजिमको ढाँचामा निवेदकलाई उद्योग दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) उद्योग दर्ता गरेपछि वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरण परीक्षण गर्नुपर्ने भएमा सो गरेपछि मात्र उद्योग स्थापना, सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदन जाँचबुझ गर्दा थप विवरण वा कागजात माग्नुपर्ने देखिएमा उद्योग दर्ता गर्ने निकायले सम्बन्धित निवेदकलाई त्यस्तो थप विवरण वा कागजात सात दिनभित्र पेश गर्न लगाउन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम उद्योग दर्ताको प्रमाणपत्र दिँदा अन्य कुराका अतिरिक्त देहायका विवरणहरु समेत त्यस्तो प्रमाणपत्रमा खुलाउनु पर्नेछः–
(क) उद्योग दर्ताको प्रमाणपत्र जारी भएको मिति,
(ख) उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नुपर्ने अवधि,
(ग) उद्योगले पालना गर्नुपर्ने शर्तहरु,
(घ) उद्योगको प्रकृति अनुसार तोकिए बमोजिमका अन्य शर्तहरु ।
(५) उपदफा (३) बमोजिम माग गरेको विवरण वा कागजात निवेदकले पेश नगरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिमको प्रक्रिया पूरा भएको नदेखिएमा उद्योग दर्ता गर्ने निकायले कारण खुलाई उद्योग दर्ताको निवेदन अस्वीकृत गर्न सक्नेछ र सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।
(६) यस दफा बमोजिम दर्ता भएको उद्योगले उद्योग दर्ता गर्ने निकायले समय समयमा दिएको निर्देशन तथा दर्ता प्रमाणपत्रमा उल्लिखित शर्तहरुको पालना गर्नु पर्नेछ ।